आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

 संवाददाता    २०८२, १८ भाद्र बुधबार ११:५६     134 जनाले पढ़िसके



Spread the love

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ।

बैठकको कार्यसूचीअनुसार सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने छन्।

प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको ‘जलस्रोत विधेयक’ टेबुल गर्नेछन्। त्यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि राष्ट्रियसभाबाट भएको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

यससँगै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्ने भएको छ। सो समितिमा आव २०८१/८२ को वार्षिक प्रतिवेदन र आव २०८२८३ को वार्षिक कार्य योजनाको मस्यौदामाथि छलफल हुने कार्यक्रम रहेको छ।।