ललितपुरमा बँदेललाई थापेको पासोमा मान्छे परेपछि‍‍‍…..

 संवाददाता    २०८२, १७ भाद्र मंगलवार १४:४६     199 जनाले पढ़िसके



Spread the love

ललितपुरको बागमती गाउँपालिका वडा नम्बर–३ मा बँदेललाई थापेको पासोमा मान्छे परेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय कृष्ण भोलन छन् । भदौ १२ मा मकैबारीमा उनले थापेको पासोमा परेर ५० वर्षीय मान बहादुर जिम्बा घाइते भएका थिए । जिम्बाको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

भोलनलाई पक्राउ गरेर म्याद थप गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए । प्रहरी वृत्त चापागाउँले उनीविरुद्ध ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको छ ।