कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट जडान कार्य तीव्र गतिमा भइरहेको छ।
मैदान वरिपरि जडान गरिने ६ वटा फ्लडलाइट पोलमध्ये हालसम्म ४ वटा पोल जडान भइसकेका छन् भने बाँकी २ वटा पनि आज र भोलिसम्ममा जडान सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ।
पोल जडान कार्य सम्पन्न भएसँगै इन्स्टलेसनको प्रक्रिया सुरु गरिनेछ र तिहारभित्रै लाइट बाल्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ।
फ्लडलाइट जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चरले ठेक्का लिएको हो।