‘हामी त्यतिबेला पनि सँगै थियौँ र अहिले पनि सँगै छौँ’

 संवाददाता    २०८२, १७ भाद्र मंगलवार १३:०७     151 जनाले पढ़िसके



Spread the love

चीनका राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार बेइजिङमा द्विपक्षीय बैठक गरेका छन् । यो भेट बुधबार हुने चीनको सबैभन्दा ठुलो सैन्य परेडको एक दिन अघि भएको हो ।

पुटिनले दुई देशबीचको सम्बन्धलाई ‘अभूतपूर्व स्तर’मा रहेको बताए । ‘हाम्रो निकट अन्तरक्रियाले रूस र चीनबिचको रणनीतिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ,’ उनले भने ।

‘प्रिय मित्र, म र सम्पूर्ण रुसी प्रतिनिधिमण्डल हाम्रा चिनियाँ साथीहरू र सहकर्मीहरूलाई एक पटक फेरि भेट्न पाउँदा धेरै खुसी छौँ । हामी त्यतिबेला पनि सँगै थियौँ र अहिले पनि सँगै छौँ,’ सीलाई सम्बोधन गर्दै पुटिनले भने । चीन–रूस सम्बन्धले अन्तर्राष्ट्रिय परिवर्तनहरूको परीक्षणमा खरो उत्रिएको सिले बताए ।

चीनले अझ न्यायपूर्ण र निष्पक्ष विश्वव्यापी शासन प्रणाली सिर्जना गर्न रुससँग काम गर्न चाहेको उनको भनाइ थियो । बुधबार, सी चीनको अहिलेसम्मको सबैभन्दा ठुलो सैन्य परेड आयोजना गर्न लागेका छन् । यो कार्यक्रम दोस्रो विश्वयुद्धको अन्त्यमा चीनमा जापानको आत्मसमर्पणको ८० औँ वार्षिकोत्सव मनाइनेछ । यस समारोहमा सहभागी हुन उत्तर कोरियाली नेता किम जोङ उन पनि चीन आइरहेका छन् ।