१० बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले दियो बंगलादेशी कम्पनीलाई पाँच महिनाको समय

 संवाददाता    २०८२, १६ भाद्र सोमबार १५:२७     114 जनाले पढ़िसके



Spread the love

नेपालका ठूला १० वाणिज्य बैंकको ऋणको गुणस्तरको लेखापरीक्षण गर्ने जिम्मा पाएको बंगलादेशी कम्पनीले पाँच महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बंगलादेशको हाउलाडार युनुस एण्ड कम्पनीलाई यसका लागि जनवरी अन्तिमसम्मको समय दिएको हो । यसका लागि गत बिहीबार राष्ट्र बैंक र कम्पनीबीच करार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त कम्पनीले वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षणका लागि २७१६७०.०५ अमेरिकी डलरमा गरेको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको थियो ।

मर्जर तथा प्राप्तिमा गएका ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र प्रभु बैंक, एनआईशी एसिया, एनएमबी, राष्ट्रिय वाणिज्य बैंकको पनि सम्पत्तिको गुणस्तर परीक्षण गर्ने बताइएको छ ।