बीपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक

 संवाददाता    २०८२, १५ भाद्र आईतवार १९:२६     169 जनाले पढ़िसके



Spread the love

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ ।

आइतबार बसेको जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको निर्णय अनुसार उक्त व्यवस्था लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गत वर्षको असोजमा आएको बाढीले क्षति पुर्‍याएको र भौगोलिक अवस्था कमजोर भएकाले पहिरोको जोखिम बढ्दै गएकाले यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना अनुसार, भदौ १६ गतेदेखि भदौ मसान्तसम्म हरेक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रेभन्ज्याङ–भकुण्डेबेसी हुँदै सिन्धुलीतर्फको सडकखण्डमा सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनलाई आवतजावत गर्न निषेध गरिएको छ ।

539990036_1665775527619925_490674022622920205_n