रुपन्देहीमा दिवंगत माओवादी नेता टंकमणिको सालिक अनावरण

 संवाददाता    २०८२, १५ भाद्र आईतवार १२:५२     203 जनाले पढ़िसके



Spread the love

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुटवलमा स्व.रामप्रसाद बन्जाडे ‘टंकमणि’ को सालिक अनावरण गरेका छन् । अध्यक्ष प्रचण्डले आइतबार बन्जाडेको सालिक अनावरण गरेका हुन् ।

माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको सुरुवात देखि नै भूमिगत रहेर काम गरेका बन्जाडेले २०७८ साल मङ्सिर ८ गते सडक दुर्घटनामा परि ५५ वर्षको उमेरमा ज्यान गुमाएका थिए ।

बन्जाडे त्यसबेला माओवादी केन्द्रका केन्द्रीय सदस्य र रुपन्देही जिल्लाको इन्चार्जको जिम्मेवारीमा थिए । पार्टी र जनआन्दोलनका क्रममा दिएको योगदानको स्मरण स्वरूप माओवादी केन्द्र रुपन्देहीले उनको सालिक निर्माण गरेको हो ।

सोही क्रममा अध्यक्ष प्रचण्डले ‘टंकमणि : एक क्रान्तिविज’ नामक पुस्तकको विमोचन समेत गरेका छन् ।