चीनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । आइतबार मोदीसँगको द्विपक्षीय भेटमा सिले ड्र्यागन र हात्ती एकसाथ आउनु निकै जरुरी भएको बताए ।
‘विश्व परिवर्तनतर्फ अघि बढिरहेको छ । चीन र भारत विश्वका दुई सबैभन्दा प्राचीन सभ्यता हुन् । हामी दुवै विश्वका सबैभन्दा बढी जनसङ्ख्या भएका देश हौँ र ग्लोबल साउथको हिस्सा हौँ ।’ चिनियाँ राष्ट्रपतिले थप भने, ‘दुबैका लागि मित्र रहिरहनु, असल छिमेकी हुनु र ड्र्यागन र हात्ती एकसाथ आउनु धेरै महत्त्वपूर्ण छ ।’
यसअघि, प्रधानमन्त्री मोदीले सोही बैठकमा भारत र चीनबीचको सम्बन्धले सकारात्मक दिशा पाएको बताएका थिए ।
सांघाई सहयोग संगठन (एससीओ)को बैठक ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म चीनको तियानजिनमा हुँदै छ । मोदी र सी जिनपिङ बाहेक रुसी राष्ट्रपति पुटिन पनि यसमा सहभागी हुँदैछन् ।