सिरहा जिल्लाको लहान नगरपालिका–१९ स्थित कटाहा चोकबाट सशस्त्र प्रहरीले बिहीबार ७ लाख रुपैयाँभन्दा बढीको भन्सार छलीको लत्ताकपडासहित एउटा स्कारपियो गाडी नियन्त्रणमा लिएको छ ।
बीआर ०१ पीबी ४६४२ नम्बरको भारतीय स्कारपियो गाडीमा राखेर नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित करिब १५ लाख रुपैयाँ बराबरको गाडी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लहानले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीको गस्ती टोलीले गाडी रोकेर जाँच गर्न खोज्दा गाडी तीव्र गतिमा केही परा लगेर बाटोको छेउमा छाडी चालक फरार भएका थिए । बरामद लत्ताकपडा तथा गाडी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय ठाडीमा बुझाइएको छ ।