नास्सर अस्पतालमा इजरायलद्वारा चार पटक आक्रमण भएको पुष्टि

 संवाददाता    २०८२, १३ भाद्र शुक्रबार ११:३६     147 जनाले पढ़िसके



Spread the love

दक्षिण गाजामा सोमबार भएको इजरायलको घातक आक्रमणमा नास्सर अस्पताल कम्तीमा चार पटक प्रहार भएको बीबीसी भेरिफाईले नयाँ भिडियो विश्लेषणमार्फत पुष्टि गरेको छ।

अन्तर्राष्ट्रिय स्तरमा तीव्र आलोचना भएको उक्त आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको बताइएको छ, जसमा पाँच पत्रकार पनि थिए। प्रारम्भिक प्रतिवेदनअनुसार अस्पताल दुई पटक मात्र आक्रमणमा परेको उल्लेख भए पनि नयाँ प्रमाणले चार पटक आक्रमण भएको देखाएको हो।

बीबीसी भेरिफाई र विज्ञहरूको विश्लेषणअनुसार पहिलो चरणमै दुई फरक भर्‍याङमा एकैसाथ प्रहार भएको थियो भने पछिल्लो आक्रमण भने दुई पटक अलग–अलग विस्फोट भएको पाइएको छ।

स्थानीय समयमा बिहान १०:०८ बजे पूर्वी भर्‍याङमा भएको पहिलो प्रहारमा रोयटरका लागि प्रत्यक्ष प्रसारण गरिरहेका पत्रकार हुस्साम अल–मास्रीको मृत्यु भएको पुष्टि भएको छ। साथै, उत्तरी भागको अर्को भर्‍याङ पनि प्रहारमा परेको नयाँ फुटेजले देखाएको छ।

आपतकालीन उद्धारकर्मीका अनुसार अस्पतालको अपरेटिङ विभागसमेत प्रभावित भएको छ।