रुस–युक्रेन युद्धलाई ट्रम्पका व्यापार सल्लाहकारले भने– ‘मोदीको युद्ध’

 संवाददाता    २०८२, १२ भाद्र बिहीबार १४:२४     204 जनाले पढ़िसके



Spread the love

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतले युक्रेनमा रुसको युद्धलाई आर्थिक सहयोग गरेको आरोप लगाएका छन् । यस युद्धलाई उनले ‘मोदीको युद्ध’ समेत भने ।

‘यदि भारतले रुसी तेल किन्न बन्द गर्याे भने, भोलि २५ प्रतिशत छुट पाउन सक्छ’ नभारोले बुधबार ब्लूमबर्ग टेलिभिजनमा भने । ‘मोदी एक महान् नेता हुन्, भारत एक परिपक्व लोकतन्त्र हो, तर अझै पनि उनी हामीलाई सिधा हेरेर भन्छन् कि उनीहरूकहाँ संसारमा सबैभन्दा उच्च कर छैन, जबकि वास्तवमा छ ।’ अझ अगाडि उनले भनेका छन् । अमेरिकाले रुससँग तेल किन्न बन्द गर्न अनुरोध गर्दा भारतले उल्टै रुसी तेल खरिद बन्द नगर्ने भनेको पनि उनले बताए ।

‘यसको अर्थ के हो ? रुसले त्यो पैसा आफ्नो युद्ध मेसिन चलाउन प्रयोग गर्छ, धेरै युक्रेनीहरूलाई मार्छ, त्यसपछि युक्रेन हाम्रो र युरोपको अगाडि आउँछ र भन्छ कि हामीलाई थप पैसा दिनुहोस्,’ ह्वाइट हाउसका व्यापार सल्लाहकार पिटर नभारोले भने ।

यसरी मोदीको युद्धलाई आर्थिक सहयोग गर्दागर्दै अमेरिकी जनताले हार्ने उनको चिन्ता थियो । ‘जब भारतले रुसबाट सस्तो तेल खरिद गर्छ अनि त्यसपछि भारतीय रिफाइनरीहरूले रुसी रिफाइनरीहरूसँग मिलेर विश्वका बाँकी देशहरूलाई उच्च मूल्यमा सो तेल बेच्छ, तब प्रत्येक अमेरिकीले हार खान्छ,’ नाभारोले भने । शान्तिको बाटो कम्तीमा आंशिक रूपमा भारतको युद्धबाट हुने उनले बताए ।