उदयपुरमा एक टिपरमा एकाएक आगलागी भएको छ । कटारी नगरपालिका–१ चुरीयास्थित सिद्धिचरण राजमार्गमा गएराति भएको उक्त आगलागीमा करिब १९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
दुधौलीबाट मिर्चैयातर्फ गइरहेको ना ८ ख ५९४१ नम्बरको गिट्टी बोकेको टिपरमा राति ११:४५ बजे वायरिङ सर्ट भई अगाडिको क्याबिन भागमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार जनाएको छ ।