रौतहटमा गएराति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव फेला

 संवाददाता    २०८२, ८ भाद्र आईतवार १०:१२     141 जनाले पढ़िसके



Spread the love

रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव फेला परेको छ।

रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति १०:३० बजे शङ्कास्पद सुटकेस फेला परेको थियो।

प्रहरीका अनुसार रसीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेसभित्र महिलाको शव रहेको देखिएको हो। महिलाको हत्या गरी सुटकेसमा हालिएको हुन सक्ने प्रहरीहरूको अनुमान छ ।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।