कपिलवस्तुमा ६ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी

 संवाददाता    २०८२, ६ भाद्र शुक्रबार १३:०३     164 जनाले पढ़िसके



Spread the love

कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरमा एक घरबाट सुनका गरगहना र नगद गरी करिब ६ लाख २२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

स्थानीय बासुदेव शर्माको घरमा बिहीबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान थालिएको छ ।