भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् किन्ने

 संवाददाता    २०८२, ६ भाद्र शुक्रबार १०:३२     124 जनाले पढ़िसके



Spread the love

भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् खरिद गर्ने भएको छ।

भारत सरकार नेपालका दुई जलविद्युत् आयोजनाबाट ८० मेगावाट विद्युत् खरिद गर्न सहमत भएको हो।

भारत सरकारले भदौ ५ गते नेपालका जलविद्युत् आयोजनाहरू मेवा खोलाबाट ४८.५ र करुवा सेती हाइड्रो पावरबाट ३१.०४ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको हो।

यसअघि १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी अब नेपालले कुल १०९०.९ मेगावाट विद्युत् भारत निर्यात गर्ने भएको छ।

बंगलादेशमा ४० र भारतमा १०९०.९ गरी नेपालले ११३०.९ मेगावाट विद्युत् विदेश निर्यात गर्ने भएको छ।