विधेयकमा कैयन विषय छुटेका छन्, समावेश गर्नुपर्छ : शर्मा

 संवाददाता    २०८२, ५ भाद्र बिहीबार १२:४७     123 जनाले पढ़िसके



Spread the love

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले विद्यालय शिक्षा विधेयकमा कैयन विषय छुटेकाले ती विषय समावेश गर्नु पर्ने बताएकी छन् । सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसद शर्माले स्वयंसेवक शिक्षकको व्यवस्था नराख्ने बताइन् ।

स्वयंसेवक शिक्षक राख्दा उनीहरू हाबी हुने र स्थायी शिक्षकले पढाउन नपाउने अवस्था निर्माण हुन सक्ने बताइन् । शिक्षकलाई प्रधानाध्यापक हुँदाको समयमा केही न केही थप सुविधा दिने व्यवस्था गर्नुपर्ने सांसद शर्माले बताइन् ।

बाहिरबाट गएर दुर्गममा पढाउन जानेलाई उत्साहित कसरी बनाउने भन्ने विषयमा विधेयकमा ध्यान दिनुपर्ने बताइन् ।बहुविवाह गर्ने शिक्षकलाई अयोग्य हुने विषय पनि विधेयकमा उल्लेख गर्नुपर्ने शर्माले बताइन् ।