नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी र नेताहरूले आफूलाई परिष्कृत गर्नुपर्ने बताएका छन् । उनले २० वर्ष एउटै व्यवस्था र प्रणाली चल्नुलाई राम्रो सङ्केतका रूपमा लिएर थप परिष्कृत र परिमार्जन गर्न जरुरी रहेको समेत बताए ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्मृतिका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता पुनले यो अवधिमा शिक्षा, स्वास्थ्य, रोजगारकाका क्षेत्रमा भएको परिवर्तनलाई पनि सकारात्मक रूपमा लिनुपर्ने बताए ।
तर उनले यो पर्याप्त नभएको दलहरूले बुझ्नुपर्ने बताए ।उनले सस्तो लोकप्रियताले समस्या समाधान नगर्ने बताउँदै नीति र विधिलाई अझै परिष्कृत गर्नुपर्नेमा जोड दिए । विचार, राजनीति र निष्ठाका संस्थाहरूप्रति विश्वास जगाउन नसकिएको समेत उनले बताए ।
दुई ठुला पार्टी मिलेर साना दललाई पेल्न खोजेको भन्ने सुनिएको भन्दै यस्तो राजनीतिक प्रतिशोध नराख्न आग्रह समेत गरे ।