दुई कानुन व्यवसायीको प्रमाणपत्र निलम्बनमा

 संवाददाता    २०८२, ४ भाद्र बुधबार १३:१९     237 जनाले पढ़िसके



Spread the love

नेपाल कानुन व्यवसायी परिषद्ले दुई जना कानुन व्यवसायीको प्रमाणपत्र निलम्बन गर्ने निर्णय गरेको छ । प्रमाणपत्र नम्बर ४६८ का वरिष्ठ अधिवक्ता सुमनचन्द्र कार्कीलाई ६ महिना कानुन व्यवसाय गर्न नपाउने गरी निलम्बन गरेको हो ।

वरिष्ठ अधिवक्ता कार्की कोशी प्रदेशमा रही कानुन व्यवसाय गर्दै आएका थिए । परिषद् सचिव श्रीराम खनालका अनुसार गत ३१ असारमा यस्तो सजायको निर्णय भएको हो । साउन अन्तिममा यसको जानकारी सर्वोच्च अदालतसमेतका मातहतका अदालतलाई दिइएको छ ।

प्रमाणपत्र नम्बर ४४०३ का अधिवक्ता लक्ष्मीप्रसाद पोखरेल कानुन व्यवसायी आचारसंहिता उल्लङ्घन गरेको भन्दै १ वर्ष कानुन व्यवसाय गर्न नपाउने गरी कानुन व्यवसायीको प्रमाणपत्र निलम्बन गरिएको छ ।

गत असार १३ गते अधिवक्ता रामबहादुर शाहलाई नसिहत सजाय गर्ने निर्णय भएको थियो । त्यस्तै २०८० मा मात्रै १४ जना कानुन व्यवसायीलाई सचेत गराइएको थियो । परिषद्ले २०८१ मा ४ जनालाई नसिहत सजाय दिइएको थियो ।

आचारसंहिता विपरीतका कार्य गरेमा परिषद्ले कानुन व्यवसायीमाथि कारबाही गर्न सक्छ। काउन्सिलको अनुशासन समितिमा महान्यायाधिवक्ता रमेश बडाल अध्यक्ष छन् भने सदस्यमा उपेन्द्रकेशरी न्यौपाने र चण्डेश्वर श्रेष्ठ छन्।