युवाहरू तयार भए पद छोड्छु : प्रधानमन्त्री ओली

 संवाददाता    २०८२, ४ भाद्र बुधबार १२:१४     140 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले युवाहरू अघि बढेर देश विकासमा लाग्नुपर्ने बताए । युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताए । उनले नयाँ ढङ्गले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘यो युवाहरूको समय हो । युवाहरू अगाडि बढ्नुपर्छ । युवाहरूले गर्न सक्नुपर्छ । यो कुरा थाहा पाएपछि भन्छन्, तपाईँले किन पद नछोडेको ? म त छोड्न तयार नै छु नि । युवाहरू तयार हुनुपर्‍यो नि त । म इन्करेज गर्न चाहन्छु युथहरुलाई ।’

प्रधानमन्त्री ओलीले नेपालमा अब लगानी र काम गर्न कुनै बाधा नरहेको दाबी गरे ।