अस्ट्रेलियामा ‘माग्ने राजा’लाई सय शाे

 संवाददाता    २०८२, ४ भाद्र बुधबार १०:२५     122 जनाले पढ़िसके



Spread the love

भदौ ६ (२२ अगस्ट)देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’ अष्ट्रेलियाका विभिन्न सहरका २५ हलमा पनि रिलिज हुने भएको छ ।

अस्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले चलचित्रले विभिन्न हलमा एक सय शाे पाएको जानकारी दियो । बुकिङ सुरुवाती चरणमा रहेको र प्राप्त शाेको आधारमा हेर्दा चलचित्रले राम्रो व्यापार गर्ने अनुमान रहेको थ्रिकेजीका गोविन्द भण्डारीले बताए ।

दृश्य इन्टरटेनमेन्टकी कृष्टि श्रेष्ठले चलचित्रको हाइप र सम्भावनालाई मध्येनजर गरेर पर्याप्त शाे सहित रिलिज हुन लागेको बताइन् । उनका अनुसार अस्ट्रेलियामा लामो समयपछि नेपाली चलचित्र हलमै रिलिज हुन थालेका छन् ।

फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङदेल, शारदा गिरी आदि कलाकारको अभिनय रहेको छ । मुनाल घिमिरेले निर्माण गरेको चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् ।

मित्र गुरुङको सम्पापन, नरेन्द्र मैनालीको छायाङ्कन, सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको चलचित्रमा सामीप्य तिमल्सेनाको लेखन रहेको छ ।