छिटो दौडिन नसके सिंह पनि भोकै मर्छ : प्रधानमन्त्री ओली

 संवाददाता    २०८२, ३ भाद्र मंगलवार १६:३८     160 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालले विकासको दौडमा सफल हुन अरू देशभन्दा तीव्र गतिमा अघि बढ्नुपर्ने बताएका छन् ।

मंगलबार नाडा अटो शोको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिस्पर्धात्मक विश्वमा छिटो दौडिन नसके सिंह पनि भोकै मर्ने भन्दै विकासको गति बढाउनुपर्नेमा जोड दिए ।

ओलीले देशको भविष्य युवाको हातमा रहेको बताउँदै युवा उद्यमी र व्यवसायीहरूलाई नेतृत्वमा आउन आह्वान समेत गरे । आफू पद छोड्न तयार भए पनि युवाहरू नेतृत्वका लागि तयार हुनुपर्नेमा उनले ठट्यौली शैली देखाएका थिए ।

सरकारले व्यवसायीमैत्री नीति लिएको र पूर्व–पश्चिम, मध्यपहाडी तथा हुलाकी राजमार्ग जस्ता पूर्वाधार निर्माणलाई तीव्रता दिएको बताए । अटोमोबाइल्स क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने र अब देश विद्युतीय सवारीको युगमा प्रवेश गर्नुपर्ने उनको भनाइ थियो ।