नेकपा (एमाले)की सांसद शारदादेवी भट्टले हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको कूटनीतिक पहलको माध्यमबाट उद्धार गर्न सरकारसँग माग गरेकी छन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भट्टले नेपाली विद्यार्थी बन्धक बनेको दुई वर्ष बितिसक्दा पनि उनको अवस्थाबारे जानकारी नहुनु दुःखद रहेको बताएकी हुन् ।
उनले भनिनन्, ‘कञ्चनपुरका विपिन जोशीको हमासले बन्धक बनाएको दुई वर्ष बितिसक्दा पनि उद्धार नहुनु दुःखको कुरा हो । उनको हालको अवस्थाबारे पनि थाहा छैन । अहिले उनीकी आमा र बहिनी विदेशी भूमिमा गएर सबैका खुट्टा समाउँदै रुँदै हिँडिरहेका छन् । देख्ने बेला मन रुन्छ ।
उनले थपिन्, ‘म सरकारसँग भन्न चाहन्छु । राज्य जनताको अभिभावक हो ? यदि हो भने जोशीको रिहाइको लागि कूटनीतिक तरिकाले पहल गर्न सरकारसँग जोडदारसँग माग गर्दछु ।’
विपिन जोशी इजरायल–हमास युद्धका क्रममा २०८० असोजमा अपहरणमा परेका थिए । उनको अवस्था अझै अज्ञात छ ।