उपसभामुखबारे संसद्‌मा उठेको प्रश्न कसरी बिट मार्ने भन्नेबारे छलफलमा छाैँ : महेश बर्तौला

 संवाददाता    २०८२, ३ भाद्र मंगलवार १६:३४     192 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानामगरको विषयमा प्रतिनिधिसभामा प्रश्न उठेकाले कसरी समाधान गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताएका छन् ।

मंगलबार दिउँसो सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलमा भएको सत्तारुढ दलका नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग बर्तौलाले सदनमा उठेको प्रश्नलाई कसरी बिट मार्ने भनेर छलफल भइरहेको बताए ।

‘उपसभामुखज्यूका बारेमा प्रतिनिधिसभामा प्रश्न उठेको छ,’ बर्तौलाले भने, ‘त्यो प्रश्नको विधिसम्मत तरिकाले कसरी बिट मार्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

हटाउनका लागि प्रमुख सचेतकहरूले हस्ताक्षर सङ्कलन गरिरहेका छन् भन्ने कुरा आएको छ नी भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा सांसद बर्तौलाले भने, ‘यसबारे प्रमुख सचेतकहरूले चाहेर मात्रै हुँदैन ।’

बैठकमा सदनमा अल्झिरहेका शिक्षासम्बन्धी विधेयक, सङ्घीय निजामती सेवा विधेयक, भूमिसम्बन्धी विधेयकबारे सत्तारुढ दलहरूबिच साझा धारणा बनाउन छलफल भएको जानकारी उनले दिए ।

असमझदारीलाई छलफलबाट समाधान निकालेर व्यवस्थित गर्दै पारित गर्ने कुरा भएको उनले बताए ।