गौर हत्याकाण्ड प्रकरण : सरकारले प्रतिशोध साँधेको भन्दै जसपा नेपालकाे विद्यार्थी सङ्गठनले प्रदर्शन गर्ने

 संवाददाता    २०८२, ३ भाद्र मंगलवार १६:३०     183 जनाले पढ़िसके



Spread the love

जनता समाजवादी पार्टी (जसपा) नेपालको भ्रातृ सङ्गठन समाजवादी विद्यार्थी युनियनले गौर हत्याकाण्ड प्रकरणमा सरकारले सर्वोच्च अदालतको आडमा राजनीतिक पूर्वाग्रह र प्रतिशोध साँधेको आरोप लगाउँदै माइतीघरमा विरोध प्रदर्शन गर्ने भएको छ ।

मंगलबार दिउँसो ४ बजे हुने शान्तिपूर्ण विरोध प्रदर्शन तथा कोणसभामा विद्यार्थी, युवा, महिला, मुस्लिम, थारु, आदिवासी जनजाति लगायतका समुदायको सहभागिता रहनेछ ।

कार्यक्रममा जसपा नेपालको शीर्ष नेतृत्वले सम्बोधन गर्ने तयारी रहेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले बताए ।

जसपा नेपालले उक्त हत्याकाण्डलाई राजनीतिक मुद्दा बनाएर आफ्ना नेताहरूमाथि लक्षित गरेको आरोप लगाएको छ । यसअघि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा समेत सरकारले पूर्वाग्रह देखाएको र त्यसकै आडमा पार्टी नेतृत्वलाई कमजोर पार्ने प्रयास भएको जसपाको भनाइ छ ।

गौर हत्याकाण्ड २०६३ साल चैत्र ७ गते मधेस आन्दोलनको समयमा घटेको थियो । उक्त दिन तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी केन्द्रबिच भएको झडपमा २७ जनाको ज्यान गएको थियो ।