रवि लक्षित थापाको टिप्पणी : जेल ससुराली हो र मेजमानी पाउने ?

 संवाददाता    २०८२, ३ भाद्र मंगलवार १६:२८     230 जनाले पढ़िसके



Spread the love

नेपाली काँग्रेस सांसद दुर्लभ थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै जेलमा ससुराली गएको जस्तो मेजमानी नपाइने भन्दै टिप्पणी गरेका छन् ।

सिंहदरबारमा मंगलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले अहिले नेकपा एमाले र कांग्रेसलाई सबै दोष लगाएर म नै राम्रो हुँ भन्ने पार्टीहरू विकास भएको बताएका हुन् ।

उनले भने, ‘एउटा काँग्रेस र एमालेलाई मात्रै दोष लगाएर सबै राम्रो हुँ भन्छन् । यो चाहिँ पार्टी गतिलो छ भनेर कुन चाहिँ छ उदाहरण दिनुस् न । व्यक्ति पनि एउटाको उदाहरण दिनुस् । जेल भनेको त ससुराली गएको होइन नि । ढोका टालेको छ, झ्याल टालेको छ । जेल त हामी पनि बसेका हौँ नि । त्यही खड्गप्रसाद ओली १४ वर्ष कालकोठीमा बस्नुभयो । अनि तिनीहरू चोर हुने, अहिले ठगै चाहिँ असल हुने ?’