धानखेतमा वृद्ध मृत अवस्थामा फेला

 संवाददाता    २०८२, २ भाद्र सोमबार १५:४५     220 जनाले पढ़िसके



Spread the love

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझ कृष्णपुर नगरपालिका–३ बैबाहटोल बस्ने ६० वर्षीय मोहन डगौरा मृत फेला परेका हुन्।

डगौरा देखतभुली स्थित धानखेतमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सो घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।