सङ्घीयता कार्यान्वयनमा सङ्घीय निजामती सेवा विधेयक महत्त्वपूर्ण दस्ताबेज : मन्त्री न्यौपाने

 संवाददाता    २०८२, २ भाद्र सोमबार १४:४४     220 जनाले पढ़िसके



Spread the love

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन सङ्घीय निजामती सेवा विधेयक महत्त्वपूर्ण हुने बताएकी छन्।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री न्यौपानेले भनसुनका आधारमा हुने सरुवा प्रक्रियालाई रोक्ने उद्देश्य विधेयकले पूरा गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

उनले भनिन्, ‘अब कर्मचारीको भनसुनका आधारमा सरुवा हुने प्रणालीलाई रोक्न यो विधेयक महत्त्वपूर्ण हुन्छ । अनुमानको आधारमा सरुवा हुने कुरालाई व्यवस्थित गर्नुपर्छ । सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी हुने कुरामा हामीले सोच्न आवश्यक छ । खास गरी यसको उद्देश्य सङ्घीयतालाई कार्यान्वयन गर्नको लागि महत्त्वपूर्ण हुनेछ ।’

प्रतिनिधि सभाबाट पास भइसकेको विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएको थियो । समितिमा विधेयकका १९३ वटा बुँदामा १६ वटा समूहमा सांसदहरूले संशोधन प्रस्ताव राखेका छन् ।