कुहिरो लागेको मौका छोपेर सडकमै बलात्कार गरेको आरोप लागेका अधिवक्ता काठमाडौँबाट पक्राउ

 संवाददाता    २०८२, १ भाद्र आईतवार १५:२३     355 जनाले पढ़िसके



Spread the love

धनुषाकी एक महिलामाथि भएको सामूहिक बलात्कार घटनामा संलग्न भएको आरोप लागेका एक वकिललाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषा घर भएका अधिवक्ता प्रमोद कुमार राय रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

उनलाई प्रहरीले दुई दिनअघि काठमाडौँको तीनकुने क्षेत्रबाट पक्राउ गरको हो। उनलाई शनिबारै धनुषा लगिएको छ।

यादवलाई आइतबार जिल्ला अदालत धनुषाबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

रायसहित तीनजनाले गएको माघ १२ गते धनुषाकै एक महिलालाई कुहिरो लागेको मौका छोपेर सडकमै बलात्कार गरेका उजुरी परेको छ।

गत साता इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा रायविरुद्ध उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।