लागुऔषध र अभद्र कसुरमा मुद्दा चलेका व्यक्तिबाट पेस्तोल बरामद

 संवाददाता    २०८२, १ भाद्र आईतवार १४:५६     291 जनाले पढ़िसके



Spread the love

लागुऔषध र अभद्र व्यवहारको कसुरमा मुद्दा चलेका एक व्यक्तिबाट गोलीसहितको अटोमेटिक पेस्तोल बरामद भएको छ ।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई काठमाडौं चमती बस्दै आएका २९ वर्षीय शिवराज दराई छन् । उनलाई प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरेको हो ।

उनको कोठाबाट प्रहरीले एक थान अटोमेटिक पेस्तोल, दुई थान म्यागजिन, ७ राउण्ड गोली बरामद भएको छ ।

उनीविरुद्ध यसअघि १८ असोज २०७८ मा प्रहरी वृत्त कीर्तिपुरबाट अभद्र र १९ कात्तिक २०८० मा लागुऔषधको कसुरको मुद्दा चलेको पाइएको छ ।