‘उमेर भयो, अवकाश लेउ’ भन्नेलाई शाहरुख खानले के दिए जवाफ ?

 संवाददाता    २०८२, १ भाद्र आईतवार १३:२९     217 जनाले पढ़िसके



Spread the love

बलिउडका सुपरस्टार शाहरुख खान उत्कृष्ट अभिनयका लागि मात्र नभई सेन्स अफ ह्यूमरका लागि पनि उत्तिकै परिचित छन् । यही कारणले पनि होला उनलाई ट्रोल गर्नु ट्रेलरहरूलाई निकै गाह्रो हुन्छ । बारम्बार उनले यो कुरा प्रमाणित गरिसकेका छन् ।

शनिबार, किंग खानले अचानक एक्समा आस्क एसआरके सेशन गरे । यस क्रममा उनले फ्यानहरूको धेरै प्रश्नहरूको जवाफ दिए । यसैबिच, शाहरुख खानले एक प्रयोगकर्ताले अभिनेतालाई ‘अवकाश’ कहिले लिन्छौँ भनेर सोधेका थिए ।

प्रयोगकर्ताको यो प्रश्नले अभिनेतालाई अलि चित्त बुझेन । यो प्रश्नमा शाहरुखले प्रयोगकर्ताको मुखमा बुझो लाग्ने गरी जवाफ दिएका छन् ।

प्रयोगकर्ताले लेखेका थिए, ‘भाइ, अब त उमेर भयो अवकाश लिनुहोस् । अरू मानिसहरूलाई आउने मौका दिनुहोस् ।’ यूजरको कमेन्टमा जवाफ दिँदै शाहरुख खानले लेखेका छन्, ‘भाइ तेरो प्रश्नको बालापन जब जान्छ….. त्यतिबेला फेरि केही राम्रो सोध्नु । त्यतिबेलासम्म अस्थायी अवकाशमा बस प्लिज ।’

अभिनेताको यस उत्तरमा यानहरूले भटाभट लाइक र कमेन्ट गरिरहेका छन् । शाहरुख खान ५८ वर्षका भए । तर यो उमेरमा पनि उनी निकै सक्रियताका साथ काम गरिरहेका छन् ।

यसैबिच, शाहरुख खानले आफ्नो आगामी फिल्म ‘किङ’बारे पनि अपडेट दिएका छन् । किङको छायाङ्कनको प्रगतिको बारेमा सोध्दा उनले रमाइलो तरिकाले जवाफ दिए । ‘राम्रो सुटिङ गर्‍यौ… चाँडै नै फेरि सुरु हुनेछ । पहिले खुट्टाको शट मात्र, त्यसपछि शरीरको माथिल्लो हिस्सा…इन्शा अल्लाह चाँडै पूरा हुनेछ । यसलाई पूरा गर्न निकै मेहनत गरिरहेका छौँ ।’ उनले लेखेका छन् ।

छोरी सुहाना पनि हुनेछिन् फिल्मको हिस्सा

‘किङ’ शाहरुख खानको आगामी फिल्म एक्सन–ड्रामा हुनेछ । यसमा उनी आफ्नी छोरी सुहाना खानको साथमा देखिनेछन् । सिद्धार्थ आनन्दले यो फिल्मको निर्देशन गरिरहेका छन् । शाहरुख खानको यो फिल्म अर्को वर्ष अर्थात् २०२६ मा थिएटरमा रिलिज हुनेछ । उनी अन्तिम पटक फिल्म ‘डङ्की’मा देखिएका थिए । यस फिल्ममा उनले तापसी पन्नू, अनिल ग्रोवर र विक्रम कोचरसँग काम गरेका थिए ।