तुइनखोलामा फेरि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

 संवाददाता    २०८२, १ भाद्र आईतवार १०:५१     196 जनाले पढ़िसके



Spread the love

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुनइखोलामा फेरि पहिरो खसेको छ । सुख्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ ।

सडकमा ठुला ढुंगा खसेका छन् । सडक विभागसँगको समन्वयमा दुईवटा जेसिबीको सहायताले अवरोध पन्छाउने काम भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय,रामनगरका एसपी नरेश सुवेदीले बताए ।

ट्राफिक प्रहरीले काठमाडौँतर्फ आउने सवारीलाई जुगेडी र नारायणगढ तर्फ जाने सवारीलाई मुग्लिन बजारमा रोकेको छ । जोखिमपूर्ण भाग क्लियर गरेर मात्र सवारी सुचारु गरिने एसपी सुवेदीले जानकारी दिए ।

आज बिहान ८ बजे पहिरो पन्छाएर सडक खुलाए पनि पुनः पहिरो खस्दा अवरुद्ध भएको हो ।