नागरिकले अनुभूति गर्ने गरी काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई कृषिमन्त्रीको निर्देशन

 संवाददाता    २०८२, ३१ श्रावण शुक्रबार १६:४५     144 जनाले पढ़िसके



Spread the love

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले लिएको लक्ष्य पूरा गर्न मन्त्रालय अन्तर्गतका निकाय एवं नेतृत्वलाई एक आपसमा समन्वय गरी अघि बढ्न निर्देशन दिएका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले यस्तो निर्देशन दिएका हुन् ।

कृषि र मन्त्रालय सँग सम्बन्धित रहेर उठेका विषय र मन्त्रालयले लिएको लक्ष्य निर्धारित समय भित्रै सम्पन्न गरिसक्न के कस्ता समस्याहरू छन् , यी समस्याको समाधानका लागि सामूहिक प्रयास गर्न जरुरी छ ,उनले भने ।

मन्त्री अधिकारीले कतिपय विषय अन्य मन्त्रालय तथा निकाय सँग पनि सहकार्य गरी अघि बढ्नुपर्ने बताउँदै यी विषयहरूलाई पनि प्राथमिकता दिन मन्त्रालय अन्तर्गतका कर्मचारीहरूलाई निर्देशन दिए ।

मन्त्री अधिकारीले छिट्टै विषयगत समितिको बैठक राखी प्रदेश र स्थानीय तह सँग गर्नुपर्ने आवश्यक सहजीकरण मार्फत कृषि र मलका सम्बन्धमा देखिएका समस्या समाधान गर्न सकिने बताए ।

गत आर्थिक वर्षमा मन्त्रालयबाट सम्पादन भएका कार्यहरू महत्त्वपूर्ण रहेको उल्लेख गर्दे मन्त्री अधिकारीले मुलरुपमा नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन जरुरी रहेकोमा जोड दिए ।