स्थानीय तहलाई ३०/३० र संघलाई ४० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने प्रस्ताव

 संवाददाता    २०८२, ३१ श्रावण शुक्रबार १५:०४     129 जनाले पढ़िसके



Spread the love

नेकपा माओवादी केन्द्रले बजेट विनियोजनको वर्तमान अभ्यासलाई बदल्नुपर्ने प्रस्ताव गरेको छ ।

शुक्रबार राष्ट्रिय सभामा विशेष समय लिएर पार्टीका तर्फबाट बोल्दै सांसद जगप्रसाद शर्माले वित्तीय संघीयतालाई बलियो बनाउन अर्थतन्त्र र बजेट विनियोजन पुन:संरचना आवश्यक रहेको बताए ।

 

‘यसका निम्ति हामीले अहिले दिने गरेको स्थानीय तहलाई १५ प्रतिशत, प्रदेशलाई १५ प्रतिशत र संघमा ७० प्रतिशत बजेट राख्ने जे प्रचलन छ यसलाई उल्ट्याउनुपर्छ,’ उनले प्रस्ताव गरे, ‘प्रदेशलाई ३० प्रतिशत, स्थानीयलाई ३० प्रतिशत राखेर संघलाई ४० प्रतिशत बजेट राखौं । यसो गर्दा संघयतालाई आत्मसाथ गरेको ठहरिन्छ ।’