सुकुम्वासी बस्ती हटाउँदा तनाव : ३ नगर प्रहरी घाइते

 संवाददाता    २०८२, ३१ श्रावण शुक्रबार १३:५८     264 जनाले पढ़िसके



Spread the love

काठमाडौँको मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा तनाव सिर्जना भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा डोजर चलाउँदा बस्तीका बासिन्दाले ढुंगामुढा गरेका छन्, जसबाट केही नगर प्रहरी घाइते भएका छन् ।

Manohara Jhadap_NPL (5)

घटनास्थलमा रहेका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन खोज्दा झडपको स्थिति उत्पन्न भएको हो । ‘बस्ती हटाउनुअघि पटक–पटक सूचना दिइएको थियो तर अटेर गरेपछि बल प्रयोग गर्नुपरेको हो,’ उनले भने ।

डोजर प्रयोग गरेर महानगरले करिब २० देखि २५ वटा घर,टहरामा डोजर चलाइसकेको छ । अहिले पनि सो क्षेत्रमा अवस्था तनावग्रस्त रहेको र स्थितिलाई नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Manohara Jhadap_NPL (1)Manohara Jhadap_NPL (4)Manohara Jhadap_NPL (6)Manohara Jhadap_NPL (10)