कैलालीमा पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु

 संवाददाता    २०८२, ३१ श्रावण शुक्रबार ०८:५९     178 जनाले पढ़िसके



Spread the love

कैलालीमा पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका–६ बाहुनपुर बस्ने झकंर चलाउनेको २ वर्ष ६ महिनाकी छोरी पूर्णिमा चलाउनेको डुबेर मृत्यु भएको हो।

पूर्णिमा बाटोमा खेलिरहेको अवस्थामा घरदेखि अन्दाजी १ दशमलव ५० मिटर टाढा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।