रौतहटमा करेन्ट लागेर किशोरको मृत्यु

 संवाददाता    २०८२, ३० श्रावण बिहीबार १७:३१     202 जनाले पढ़िसके



Spread the love

रौतहटको परोहा नगरपालिका–६ बसन्तपट्टी टोलमा करेन्ट लाग्दा एक किशोरको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ बजे आफ्नै खेतमा मोटरले पानी पठाउने क्रममा तार छुट्ट्याउने बेलामा करेन्ट लागी १६ वर्षीय राहुल कुमार पण्डित गम्भीर घाइते भएका थिए।

घाइते पण्डितलाई तत्काल उपचारका लागि घोडहीमाई अस्पताल ल्याइए पनि दिउँसो करिब २:२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक राहुल, उमेश पण्डितका छोरा हुन्।

घटनाबारे खबर पाएपछि इलाका प्रहरी कार्यालय कोप्वा पिपरिया, रौतहटका प्रहरी नायब निरीक्षक महानन्द प्रसाद यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।