बाजुरा विछ्याको बाढी : मानवीय क्षति छैन, थप विवरण बुझ्दै प्रहरी

 संवाददाता    २०८२, ३० श्रावण बिहीबार १०:१३     153 जनाले पढ़िसके



Spread the love

बाजुराको हिमाली गाउँपालिका-१ को विछ्यामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालयले विछ्यास्थित खोलामा बुधबार साँझ एक्कासी आएको बाढीले वडा कार्यालय, विछ्या माध्यमिक विद्यालयको भवनमा क्षति पुर्‍याएको जनाएको छ । खोला वरपर रहेका निजी घर र खेत समेत बगाएको छ ।

 

तर, क्षतिको यकिन विववरण नआएको बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीले बताए ।

उनकाअनुसार प्रहरी टोली विछ्यातर्फ प्रस्थान गरिसकेको छ । मानवीय क्षति भएको खबर नभएको डीएसपी हवारीले बताए ।

 

बुधबार विछ्यामा वर्षा भएको थिएन । आज भने जिल्लाभर नै पानी परिरहेको छ ।