रवि लामिछानेले घुमाउरो तरिकाले अपराध स्वीकार गरिसके : महेश बर्तौला

 संवाददाता    २०८२, २८ श्रावण मंगलवार १७:१०     261 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका प्रमुख सचेतक बिगो महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले घुमाउरो तरिकाले अपराध स्वीकार गरिसकेको बताएका छन् ।

लामिछानेले जमानतमा छुट्न पाउँ भन्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएपछि उनले घुमाउरो तरिकाले अपराध स्वीकार गरिसकेको बर्तौलाले बताए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले जमानतमा छुट्न पाउँ भन्ने निवेदन दिएपछि घुमाउरो तरिकाले अपराध स्वीकारेको बताएका हुन् ।

‘रवि लामिछानेले बिगो स्वीकार गरेर जमानतमा छुट्न पाउँ भन्ने निवेदन रुपन्देही जिल्ला अदालतमा दिए,’ बर्तौलाले भने, ‘बिगो स्वीकार गरेर घुमाउरो तरिकाबाट अपराध स्वीकार गरिसके ।’

बर्तौलाले लामिछानेको यो कार्यले उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको ‘राजनीतिक प्रतिशोध’ भन्ने धारणा उदाङ्गो भएको बताए । प्रतिनिधिसभा बहिस्कार गरेर मिनी संसद्‌मा सहभागी भई नौटङ्की राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले गरिरहेका बताए ।

उनीहरूले प्रधानमन्त्री मन्त्रीविरुद्ध र आफूलाई मन नपर्ने राजनीतिक पार्टी र नेताहरुविरुद्ध सङ्गठित गालीगलौज गरिरहेको बताए । गीलगौजको कार्यशैली सच्याउन उनले रास्वपा सांसदहरूलाई आग्रह गरे । यो प्रक्रिया अघि ठिक लागे पनि प्रकारान्तरमा यी विषयले आफैलाई सिध्याउने उनको भनाइ थियो ।