सभामुख देवराज घिमिरेले आजको संसद् बैठक लगत्तै प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।
सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ कार्यान्वयनका विषयमा सभामुखले मंगलबारको संसद् बैठक सकिए लगत्तै छलफल गर्न लागेका हुन् ।
प्रमुख सचेतकहरूसँगको छलफल सिंहदरबारमा राखिएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले बनाए ।
अधिकारीले प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गर्ने जानकारी दिए ।