सुनको मूल्य तोलामा १३०० रुपैयाँ घट्यो

 संवाददाता    २०८२, २८ श्रावण मंगलवार ११:५१     1253 जनाले पढ़िसके



Spread the love

मंगलबार सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।