सुनको मूल्यमा लगातार गिरावट

 संवाददाता    २०८२, २७ श्रावण सोमबार ११:११     348 जनाले पढ़िसके



Spread the love

सुनको मूल्य आज थप घटेको छ।

प्रतितोला एक हजार एकसय रुपैयाँ घटेर आज सुनको भाउ एक लाख ९८ हजार एकसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुनको मूल्य प्रतिताेला एकलाख ९९ हजार दुईसय रुपैयाँ थियो। हिजो सुन तोलामा दुईसय रुपैयाँ घटेको थियो।

गएको शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेर एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर दुईहजार तीन सय १५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।