सप्तरीबाट ४ सय किलो गाँजा बरामद

 संवाददाता    २०८२, २४ श्रावण शुक्रबार १३:०७     311 जनाले पढ़िसके



Spread the love

प्रहरीले सप्तरीको महादेवाबाट करिब ४ सय किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट खटिएको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले डाक्नेश्वरी नगरपालिका–५ महादेवाबाट गाँजा बरामद गरेको हो ।

बेवारिसे अवस्थामा झाडीमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

१७ वटा पोकामा लुकाएर राखेको अवस्थामा सुरक्षाकर्मीले ३ सय ९७ केजी गाँजा बरामद गरेका छन् ।