विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : सिंह

 संवाददाता    २०८२, २४ श्रावण शुक्रबार १३:००     183 जनाले पढ़िसके



Spread the love

कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ संसद् भवन निर्माणमा कार्यतालिकाअनुसार कार्यप्रगति हुन नसकेकोबारे सरकारले विशेष ध्यान दिइरहेको बताएका छन् ।

आज सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै उनले नयाँ संसद् भवनको काम समयमै नसकिएकोबारे सबै जानकार रहेको बताए । तर सरकारले विगतका कमी, कमजोरीहरूलाई नियालेर उक्त कमजोरी अव दोहोरिन नदिने गरी काम गरेको उनको भनाइ छ।

उनले काम समयमै सक्नका लागि मन्त्रालयदेखि सम्बन्धित इन्जिनियर, महानिर्देशक र आयोजना प्रमुखलाई समेत बोलाएर निर्देशन दिइसकेको बताए । ।

कार्यवाहक प्रधानमन्त्री सिंहले भएका कमी कमजोरी सुधार गर्ने प्रतिबद्धता पनि जनाए ।