काठमाडौं : नेपाली बजारमा एक तोला सुनको भाउ दुई लाख नजिक पुगेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार एक तोला सुन १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य २ हजार ३२५ रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला सुन २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भएको थियो।