स्वयम्भुबाट ५ जना जुवाडे पक्राउ

 संवाददाता    २०८२, २३ श्रावण बिहीबार १२:३०     267 जनाले पढ़िसके



Spread the love

काठमाडौँ महानगरपालिका–१६ स्वयम्भुस्थित नागरिक बजारबाट प्रहरीले जुवा खेलिरहेका ५ जनालाई पक्राउ गरेको छ । राजु न्यौपानेले सञ्चालन गरेको होटलबाट ५६ हजार नगदसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले बताए ।

पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका घर भएका राजु न्यौपाने, गोरखाका सन्तोष लामिछाने, धादिङ घर भएका राजेश्वर न्यौपाने, रविन न्यौपाने र शान्तमणि न्यौपाने छन् । बुधबार पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गरिने एसपी चन्दले जानकारी दिए ।