अफलाइन चलाउने ७ जना पठाओ चालक माछापोखरीबाट पक्राउ

 संवाददाता    २०८२, २३ श्रावण बिहीबार १२:१७     326 जनाले पढ़िसके



Spread the love

अफ लाइनमा पठाओ चलाएको आरोपमा प्रहरीले बालाजुको माछापोखरीबाट ७ जना राइडरलाई नियन्त्रणमा लिएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरी र वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा दोलखाको बैतेश्वर घर भएका टेक बहादुर अधिकारी, गोरखा घर भएका जीवन कुमाल, नुवाकोट घर भएका नारायण पुडासैनी, तार्केश्वर घर भएका रामभक्त अर्याल, धादिङका रोशन चेपाङ, नुवाकोट तादीका केदार तिमल्सिना र धादिङका कुलबहादुर गुरुङ छन् ।

अफलाइनमा पठाओ चलाउँदा यात्रुको ‘असुरक्षा’ हुने हुनाले उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले बताए । उनले भने, ‘हिजो पक्राउ गरिएको हो, सम्झाई बुझाई गरेर छाड्छौँ ।’