सप्तरी गोली काण्ड : सदरमुकाम राजविराज तनावग्रस्त

 संवाददाता    २०८२, २२ श्रावण बुधबार १६:१२     314 जनाले पढ़िसके



Spread the love

सप्तरीमा गएराति प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका लालु यादवको विषयलाई लिएर सदरमुकाम राजविराज तनावग्रस्त बनेको छ ।

घटनाको निष्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्त प्रदर्शनमा उत्रिएपछि बुधबार दिउँसो राजविराज तनावग्रस्त बनेको हो ।

उनीहरूले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको जनाइएको छ ।

प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्दै राजविराजको मुख्य सडक अवरुद्ध पारेका छन् ।

बिहानदेखि नै प्रहरी गेट अगाडि नै उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।

गएराति प्रहरीले चलाएको गोलीबाट राजगढ गाउँपालिका वडा नम्बर -२ निवासीयादवको मृत्यु भएको थियो ।