डिजल सेवनबाट उदयपुरमा ९३ वर्षीय वृद्धको मृत्यु

 संवाददाता    २०८२, २२ श्रावण बुधबार १३:११     207 जनाले पढ़िसके



Spread the love

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सुगारेमा ९३ वर्षीय वृद्ध अन्त नारायण श्रेष्ठको डिजल सेवनबाट मृत्यु भएको छ।

साउन १९ गते साँझ श्रेष्ठले आफ्नै घरमा बोतलमा राखिएको डिजल अन्जानमा सेवन गरेका थिए। उनलाई सुरुमा नगर अस्पताल, चौदण्डीगढीमा प्राथमिक उपचार गरिएको थियो। तर अवस्था जटिल देखिएपछि लगत्तै थप उपचारका लागि बिराटनगरस्थित बिराट टिचिङ अस्पताल लगिएको थियो।

उपचारको क्रममा साउन बुधबार बिहान विहान ६ः३० बजे चिकित्सकले श्रेष्ठलाई मृत घोषणा गरेका हुन्।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।