आज कति छ सुनचाँदीको मूल्य ?

 संवाददाता    २०८२, २२ श्रावण बुधबार ११:५४     287 जनाले पढ़िसके



Spread the love

बुधबार नेपाली बजारमा सुनको मूल्य मात्र १०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार २८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।