‘कुलिङ पिरियडको गडबडीले सांसदहरूकै भूमिकामा प्रश्न उठ्यो’

 संवाददाता    २०८२, २१ श्रावण मंगलवार १५:५३     142 जनाले पढ़िसके



Spread the love

नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कुलिङ पिरियडको प्रावधान राख्ने विषयमा भएको गडबडीले सांसदहरूकै भूमिकामा प्रश्न उठेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कुलिङ अफ पिरियडको विषयले संसद्कै धज्जी उडेको टिप्पणी गरे ।

 

‘संघीय निजामती विधेयकमा कुलिङ अफ पिरियडबारे गरिएको विषयको विवादले संसद्को धज्जी उडेको छ भने सांसदहरूको भूमिका माथि समेत प्रश्न उठेको छ ।’

यो विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज मात्रै प्रतिवेदन पास गरेर सभामुख देवराज घिमिरेलाई बुझाएको छ ।

 

उक्त समितिमाथि ठूला दलका ठूला नेता र उच्च पदस्थ कर्मचारीबाट हस्तक्षेप भएको भनेर विषय आएको भनेर पनि उनले आपत्ति जनाए ।